Loktantra Khabar National Weekly
Ad

बस दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते

लोकतन्त्र खबर
२७ भाद्र २०८०

बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना यात्रु घाइते भएका छन् ।

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत निजगढ नगरपालिका ८ स्थित धन्सारपुल नजिक मंगलबार बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सर्लाही जिल्लाको हेमपुर नगरपालिका ४ कविलासीका अन्दाजी ५३ वर्षीय रामएकवाल रायको मृत्यु भएको बाराका प्रहरीका प्रवक्ता एवं डीएसपी दधिराम न्योपानेले जानकारी दिए । मलंगवाबाट नारायणघाट तर्फ जाँदै गरेको मधेश प्रदेश ०३ –००१ ख ९३९६ नम्बरको यात्रुबाहक बस अचानक अनियन्त्रित भएर सडकभन्दा तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यता प्रहरीले बसको चालक, सहचालक, कन्डक्टरलाई नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: