Loktantra Khabar National Weekly
Ad

श्रीलंकाविरुद्ध भारतले टस जित्यो

लोकतन्त्र खबर
२६ भाद्र २०८०

काठमाडौँ । एशिया कप अन्तर्गत सुपर फोरको खेलमा केहि बेरमा भारत र श्रीलंकाबीच खेल हुदै छ ।

यस खेलमा भारतले टस जितेको छ । भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् ।

भारतले आजको खेलमा एक परिवर्तन गरेको छ । आजको खेलमा श्रदुल ठाकुरको ठाउमा अक्सर पटेललाई खेलाएको छ ।

योसँगै श्रीलंकाले पहिला बलिङ गर्ने भएको छ । श्रीलंकाले भने पछिल्लो खेलमा खेलेका खेलाडीलाई नै निरन्तरता दिएको छ ।

सुपर फोरमा भारत र श्रीलंकाले एक एक खेल जितेका छन् । भारतले सोमबार पाकिस्तानमाथि फराकिलो जित हासिल गरेको थियो भने श्रीलंकाले बंगालदेशलाई पराजित गरेको थियो । आज जित्ने टिमले सम्भवत फाइनलमा स्थान सुरक्षित गर्ने छ । खरीबोट

प्रतिक्रिया दिनुहोस्: