Loktantra Khabar National Weekly
Ad

अस्पताल भवन निर्माण गर्न आनी छोइङ ड्रोल्मा फाउन्डेसनद्वारा आर्थिक सहयोग

लोकतन्त्र खबर
२६ भाद्र २०८०

काठमाडौँ ।  बाल स्वास्थ्यका विषयमा काम गरिरहेको गैर नाफामूलक संस्थाका रूपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाडौँमा अस्पताल भवन निर्माणका लागि आनी छोइङ ड्रोल्मा फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । फाउन्डेसनले एक करोड असी लाख रुपैयाँ सहयोग गरेको हो ।

यस परियोजना अन्तर्गत पहिलो अस्पताल किओच–दमक बाल अस्पताल कोशी प्रदेश, झापा जिल्लाको दमकमा स्थापना भई सेवा शुरू भएको छ । यस अस्पतालबाट वहिरङ्ग, आकस्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजी, पीआईसीयू, एनआईसीयू, एचडीयु लगायतका सेवा प्रदान गरिएको छ भने शल्यक्रिया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु हुने चरणमा रहेको छ । सेवा सुरु भएको चार महिनामा यसले वहिरङ्ग सेवा अन्तर्गत ८,३०० तथा अन्तरङ्ग सेवा अन्तर्गत १,८५० भन्दा बढी बालबालिकालाई पुर्‍याएको सेवा र सेवाग्राहीबाट प्राप्त सकारात्मक प्रतिक्रिया प्रोत्साहनजनक रहेका छन् ।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टिकृत बाल अस्पताल किओच–काठमाडौँ बाल अस्पतालको निर्माण कार्य सुरु भई जग निर्माणको कार्य जारी रहेको छ । अस्पतालको मूल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगहरूका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिङ निर्माणको अन्तिम चरणमा पुगेर फिनिसिङको कार्य भइरहेको छ ।

यी सम्पूर्ण कार्य गर्नका लागि संघिय सरकार, प्रदेश सरकार, काठमाडौँ महानगरपालिका लगायतका स्थानीय सरकार, व्यापारिक घराना, वित्तीय संस्थाहरू, अन्य स्वदेश तथा विदेशका संघसंस्था र व्यक्तिहरूबाट आर्थिक तथा जिन्सी सहयोग प्राप्त भइरहेका छन् ।  रातोपाटी

प्रतिक्रिया दिनुहोस्: