Loktantra Khabar National Weekly
Ad

खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ लोकार्पण

लोकतन्त्र खबर
२६ भाद्र २०८०

अभिनेता, लेखक तथा निर्देशक खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ लोकार्पण भएको छ।

सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै पुस्तकको लोकार्पण गरिएको हो। अभिनेता नीर शाह, निश्चल बस्नेत, स्वस्तिमा खड्का, ऋचा शर्मा, सुरक्षा पन्त, मलिका महत, निर्देशक मनोज पण्डित, दिपेन्द्र के खनाल, अशोक शर्मा, सौरभ राई, ‘पानीफोटो’ का लेखक खगेन्द्र लामिछानेले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्।

पुस्तक सार्वजनिक गर्नुअघि खगेन्द्रले ‘पानीफोटो’ नाटक र फिल्म निर्माण गरेका थिए। पुस्तकमा उनले नाटकदेखि फिल्मसम्मको यात्रा समावेश गरेका छन्।

नेपाली परिवेशमा सुहाउँदो फिल्म कसरी बन्छ भन्ने सन्दर्भमा पुस्तक कमै मात्रामा लेखिएको र त्यसको अभाव पूर्ति गर्न आफूले ‘पानीफोटो’ पुस्तक लेखेको खगेन्द्रले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: