Loktantra Khabar National Weekly
Ad

‘जवान’ले भारतका नेसनल चेनमा बनायो कमाईको नयाँ रेकर्ड

लोकतन्त्र खबर
२५ भाद्र २०८०

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानको चलचित्र ‘जवान’ भारतका नेसनल चेन (सिनेमा हल)मा सबैभन्दा धेरै बक्सअफिस कलेक्सन गर्ने चलचित्र बनेको छ ।

आइतबार यो सिनेमाले भारतका सिनेमा हलमा मात्रै ३३.६५ करोड नेट कलेक्सन गरेर नयाँ रेकर्ड बनाएको हो । यो अहिलेसम्मकै एक दिनको सबैभन्दा धेरै कलेक्सन हो ।

‘जवान’ले भारतका हलमा मात्रै पहिलो दिन २९.९६, दोस्रो दिन २२.७५, तेस्रो दिन ३२.६७ र चौथो दिन ३३.६५ करोड गरेर चार दिनमा ११९.०३ करोड नेट कलेक्सन गरेको भारतीय सिनेमा ट्रेड एनलाइसिस्ट तरण आदर्शले बताएका छन् ।

‘जवान’मा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको मुख्य अभिनय रहेको छ । एटली कुमारले निर्देशन गरेका ‘जवान’ले आक्रामक कलेक्सन गरिरहेको छ ।   बाह्रखरी

प्रतिक्रिया दिनुहोस्: