Loktantra Khabar National Weekly
Ad

व्यक्ति एक, नागरिकता दुई

लोकतन्त्र खबर
२४ भाद्र २०८०

एकजना व्यक्तिले नेपाल र भारत दुई देशको नागरिकको हैसियतमा दुबै देशबाट सुविधा प्राप्त गरिरहेका छन् । नेपालको नागरिकता लिएका युवकले भारतको नागरिक रहेको प्रमाण भारतको महावाणिज्य दूतावासको कार्यालय वीरगञ्जबाट लिएका छन् ।

धनुषा जिल्लाको तत्कालीन हरिने गाउँ विकास समिति वडा नम्बर ५ बाट पिता मनरुद्दिन अंसारी उल्लेख गरी मो.नईम अंसारीले २०७० साल जेठ १३ गते वंशजको आधारमा टोलीबाट नागरिकता लिएका छन् । नईमुल्लाहको नामबाट वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासबाट प्राप्त गरेको भारतीय नागरिक दर्ता प्रमाण पत्रमा पिताका नाम मनिर मिया उल्लेख रहेको छ ।

वाणिज्य दूतावासले सन् २०२० डिसम्बर महिनाको ९ तारेखमा नईमुल्लाहको कार्ड जारी भएको जनाएको छ । नेपाली नागरिकता र वाणिज्य दूतावासको कार्डमा नाम फरक देखिएपनि फोटो एउटै रहेको छ । दुबै कार्डमा रहेको फोटोमा भिन्नता रहेको छैन् । तीन/चार वर्षदेखि निजगढको मोटर ग्यारेजमा काम गर्दै आएका नईमुल्लाह यथार्थमा भारतीय नागरिक हुन् । उनले धनुषा जिल्लाको हरिनेबाट कीर्ते गरी नागरिकता बनाएका हुन् । तत्कालीन टोली प्रमुख अर्जुन मिश्रले अन्सारीलाई वंशजको नागरिकता प्रदान गरेका हुन् ।

दुई देशको नागरिकता प्राप्त गरी नेपाल र भारतमा लाभ लिनेहरुको संख्या थोरै छैन् । तर नईमुल्लाहले नेपाली नागरिकताको आधारमा पासपोर्ट बनाएर विदेश जाने तयारी गरेको बताइन्छ । ग्यारेजमा काम गरेर उनले विदेश जाने खर्च जुटाउँदै दक्षता प्राप्त गरिरहेका छन् । केही महिना पूर्व उनी पासपोर्टका लागि धनुषामा आवेदन दिए पनि अनुकूल अवस्था नदेखेपछि फिर्ता भएका थिए । जनकपुर टुडे

प्रतिक्रिया दिनुहोस्: