Loktantra Khabar National Weekly
Ad

बिरोधीहरुकै अगाडी मलंगवाको चौतर्फी बिकास गरेर देखाउछु– मेयर यादव

लोकतन्त्र खबर
१९ भाद्र २०८०

बखतियार अलि–
सर्लाही १८ भदौं । बिरोधीहरुकै अगाडी मलंगवा नगरपालिकाको चौतर्फी बिकास गरेर देखाउने मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले दाबी गर्नु भएको छ ।

मलंगवाको बिकास गर्न खोज्दा मलंगवा बिकसित भएको नदेख्न चाहने केहि व्यतिmहरुले अनेकन बाधा अवरोध खडा गर्दै आई रहेको छ ।

यस्ता बिरोधी तत्वहरुको बाधा अवरोधहरुलाई पाखा लगाई मलंगवा नगरपालिकाको चौतर्फी बिकास गर्ने संकल्प लिएर काम गरिरहेको छु ।

अबको दुई वर्ष भित्रमा सदरमुकाम मलंगवा नगरपालिकाका जनताले सबै क्षेत्रमा बिकासको अनुभुती गर्ने मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले टुडेलाई बताउनु भएको छ । मलंगवा नगरपालिकाका सबै वडामा नाला सहितको लामो चौडा सडक बनाएर देखाउने निधो गरेको छु ।

त्यस्तै शिक्षा र स्वास्थ्य तथा खानेपानी निर्मल जलको परियोजनाका लागि काम भईरहेको वहाले बताउनु भयो । अबको केहि वर्षको भित्रमा यसपालिकाका जनताले नया मलंगवाको अनुभुती गरोस भनेर नगरपालिकाका सबै कर्मचारी तथा जनप्रतिनिधीले दिनरात मेहनत गरिरहेकोले जनताले चाहेको र खोजेको बिकास गरेर देखाउने वहाले दाबी गर्नुभयो ।

पालिकामा आउने सेवाग्राहीहरुले पनि राम्रो सेवा पाईरहेको छ । कुनैपनि सेवाग्राहीले सेवा लिन आउदा पालिकाका कर्मचारीले आलटाल गरे सिधै मलाई खबर गर्न भनेका छु ।

त्यस्ता कर्मचारीलाई ठाउको ठाउ कारवाही गर्ने वहाले ठोकुवा गर्नुभयो । वहाले थप्दै भने पालिकामा आमुल परिवर्तन देख्न चाहेका जनताले पनि नगरपालिकालाई सहयोग  गर्नुपर्छ ।

मलंगवाका जनताको सहयोग बिना यो आमुल परिवर्तन हुन    सकदैन । नगरका जनताको साथ र सहयोग कदम–कदममा चाहने भएकोले मलंगवाका जनतालाई सहयोग गरिदिन मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले आग्रह समेत गर्नुभयो । भोली स्वागतम् मलंगवा नामक गेटको उदघाटन कार्यक्रम छ ।

यो गेटको उदघाटन भएपछि मलंगवाबाट नेपाल प्रवेश गर्ने भारतीय प्रयटकहरु बिच मलंगवा नगरपालिकाको छुटटै पहिचान बन्ने पनि वहाले बताए ।

यस उदघाटन कार्यक्रममा आएर शोभा बढाई दिन सम्पुर्ण नगरवासीलाई वहाले निमन्त्रणा समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्: