Loktantra Khabar National Weekly
Ad

सबैभन्दा छिटो ५ सय करोड कमाउने हिन्दी फिल्म बन्यो ‘गदर २’

लोकतन्त्र खबर
१८ भाद्र २०८०

बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर २’ ले आइतबार भारतीय बक्स अफिसमा सबैभन्दा छिटो ५ सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

फिल्मले प्रदर्शनको २४ औं दिनमा उक्त रेकर्ड राखेको हो। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा फिल्मले ५०१ करोड १७ भारू कमाएको छ।

५ सय करोड कमाउन शाहरूख खानको ‘पठान’ लाई २८ दिन लागेको थियो भने ‘बाहुबली २’ को हिन्दी संस्करणलाई ३४ दिन लागेको थियो।

योसँगै ‘गदर २’ ५ सय करोड क्लबमा सामेल हुने तेस्रो हिन्दी फिल्म बनेको छ। अहिलेसम्म भारतमा ‘बाहुबली २’ र ‘पठान’ मात्रै ५ सय करोड क्लबमा समावेश भएका छन्।

‘पठान’ ले ५४३ करोड कमाएको थियो भने ‘बाहुबली २’ को हिन्दी संस्करणले ५१० करोड कमाएको थियो।

अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।

सन् २००१ मा प्रदर्शन भएको ‘गदर’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।    सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: