Loktantra Khabar National Weekly
Ad

विश्वकप छनौटमा नेपालको लगातार तेस्रो जित

लोकतन्त्र खबर
१७ भाद्र २०८०

काठमाडौ । नेपाली महिला क्रिकेट टिमले टी-२० विश्वकपको एशिया छनौट खेल अन्तर्गत लगातार तेस्रो जित हासिल गरेको छ ।

आइतबार सम्पन्न खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो ।

भुटानले दिएको ४० रनको लक्ष्य पछाएको नेपाली पहिला टिमले १३.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको भुटानकोले २० ओभरमा ८ विकेट गुमाउदै ३९ रन मात्र बनाएको थियो ।

यो जितपछि नेपालले प्रतियोगितामा लगातार ३ जित हासिल गरेको छ । नेपालको समुह ए मा ३ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ ।

नेपालले यसअघि नेपालले आयोजक मलेसिया र बहराइनलाई पराजित गरेको थियो ।

त्यस्तै भुटानको भने यो दोस्रो हार हो । यो खेलपछि भुटानको ३ खेलमा २ अंक रहेको छ ।

सेप्टेम्बर ९ सम्म संचालन हुने यस एशिया छनौटमा १२ देशले भाग लिएका छन् । जसमा नेपाल समुह ए मा रहेको छ ।

समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

प्रतियोगितामा नेपालले कतारविरुद्ध सेप्टेम्बर ४ मा  र युएईविरुद्ध सेप्टेम्बर ६ मा खेल्ने तालिका रहेको छ ।

दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् ।

  •                          खरीबोट

प्रतिक्रिया दिनुहोस्: