Loktantra Khabar National Weekly
Ad

गदर- २ ले तोड्यो केजीएफको किर्तिमान

लोकतन्त्र खबर
१० भाद्र २०८०

काठमाडौँ । बलिवुड फिल्म गदर–२ ले नयाँ किर्तिमान बनाउनेक्रम जारी रहेको छ । फिल्मले शनिबार १३.७५ करोड भारु कमाएसँगै केजीएफ–२ को कीर्तिमान तोडेको छ ।

योसँगै फिल्मले भारतीय बक्सअफिसमा अहिलेसम्म ४३९.९५ करोड भारु कमाई गरेको छ । योसँगै गदर–२ सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ ।

फिल्मले रिलिज भएको १६ दिनमै यस्तो उपलब्धि हासिल गरेको हो । केजीएफ-२ को हिन्दी संस्करणले ४३४.७० करोडको लाइफटाइम कलेक्सन गरेको थियो ।

गदर–२ हिन्दी फिल्म इतिहासमा तेस्रो सर्वाधिक कमाउने फिल्म बनेको छ । यसभन्दा अगाडि दुईवटा मात्र फिल्म छन्, बाहुबली–२ (हिन्दी संस्करण) र शाहरुख खानको पठान । पठानले जम्मा ५४३ करोड रुपैयाँ कमाएको थियो भने बाहुबली–२ को हिन्दी संस्करणले ५१० करोडको कमाई गरेको थियो ।

अब गदर–२ को निशाना बाहुबली–२ को रेकर्डप्रति हुने छ । अब यस फिल्मले बहुबाली-२ को कमाईलाई उछिन्न ६० करोड कमाई गर्नुपर्ने हुन्छ भने पठानको कीर्तिमानमा पुग्न अझै १०० करोड कमाई गर्नुपर्ने हुन्छ ।

चलचित्र अहिले तेस्रो हप्तामा पुगेपनि यसको क्रेज भने कम भएको छैन । चलचित्र चार हजार स्क्रिनमा चलिरहेको भए पनि नयाँ चलचित्रको तुलनामा यसको कमाई राम्रो छ ।

गदर–२ ले विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ । इन्डस्ट्री ट्र्याकर साकनिल्कको अनुसार, फिल्मले विश्वभर गदर-२ ले ५७२.२० करोडभन्दा बढी कमाई गरेको छ । फिल्मले अष्ट्रेलिया, जर्मनी, अमेरिका, बेलायतलगायत देशमा राम्रो व्यापार गरिरहेको छ ।

  • खरीबोट

प्रतिक्रिया दिनुहोस्: