Loktantra Khabar National Weekly
Ad

शितलहरबाट प्रभावित गोडैताका ५ सय घर परिवारलाई न्यानो कम्बल वितरण

लोकतन्त्र खबर
२८ पुष २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस २८

सेभ द चिल्ड्रेनको सहयोग तथा राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवाको सहकार्यमा संचालित समुन्नति कार्यक्रम अन्तर्गत चिसोबाट प्रभावित  गरिब तथा विपन्न समुदायका ५ सय घर परिवारलाई बिहीबार कम्बल वितरण गरिएको छ ।

केही दिन यता लगातारको शीतलहरबाट गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा केन्द्रले गोडैता नगरपालिका वडा न-४,५,७,८,१० र ११ मा बिहीबार बिहान केन्द्रका अध्यक्ष गायत्री देवी महतोको सभापतित्वमा एक कार्यक्रमको आयोजना गरि कम्बल वितरण गरेको हो ।

चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ बाँकी रहेका वडाहरुमा पनि विपन्न परिवारको तथ्याङ्क संकलन गरेर गोडैता नगरपालिका सँगको समन्वयमा न्यानो कम्बल वितरण कार्यलाई निरन्तर दिने योजना रहेको अध्यक्ष महतोले बताए ।

बढ्दो शितलहरमा न्यानो कम्बल पाएपछि पिडितहरुले राहतको महसुस गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्: