Loktantra Khabar National Weekly
Ad

चिसोबाट बचाउन बालगृहका बालबालिकालाई न्यानो स्विटर वितरण 

लोकतन्त्र खबर
२७ पुष २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस २६

शितलहरका कारण बालबालिकाहरुको स्वास्थ तथा शिक्षामा कुनै नकारात्मक असर न परोस् भन्ने उदेश्यका साथ सर्लाहीका  समाजिक अभियानता श्याम जी यादव (सुन्दर श्याम राय)को पहलमा मलंगवा स्थित बालगृहमा आश्रित बालबालिकाहरुलाई न्यानो स्विटर तथा टोपी वितरण गरिएको छ ।

तराईमा शितलहर सुरु भए देखि  राज होजियारी बिरगंजको सहयोगमा  बाल कल्याण समाज सर्लाहीले जिल्लाका विभिन्न गाउँमा सामुदायिक विद्यालयमा अध्यनरत गरिब तथा दलित बालबालिकाहरुलाई न्यानो स्विटर वितरण गर्दै आइरहेको छ।सोही कार्यलाई निरन्तरता  दिदै मंगलबार नेपाल बाल संगठन सर्लाही  द्वारा संचालित बालगृहमा आश्रित ११ जना टुहुरा र मलंगवा नपा वडा न-२ का ४ जना गरि जम्मा १५ जना बालबालिकाहरुलाई एक कार्यक्रमको आयोजना गरि स्विटर र टोपी वितरण गरेको छ ।

बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षता तथा वडा न-८ र ९ का वडा अध्यक्ष द्वय मुकेश जयसवाल र चन्देश्वर राय, कार्यपालिका सदस्य रामनन्दन महतो,सीता मेस्तर, नेपाल राष्ट्रिय दलित समज कल्याण संघ सर्लाही शाखाका अध्यक्ष राजेश पासवान , मानव अधिकार रक्षक संजाल सर्लाहीका संयोजक मुकेश मिश्र, समाजसेवी पंकज साह, ने.बा.स. सर्लाहीका कर्मचारी बजरंग साह,मलंगवा जेसिज २०२३ का अध्यक्ष रामलखन महतो लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

सहयोग सामाग्री पाएपछि बालबालिकाहरु खुशी व्यक्त गर्दै सहयोगी संस्था र आयोजकलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: