Loktantra Khabar National Weekly
Ad

चिसो अत्याधिक बढेपछि मलंगवामा  निःशुल्क दाउरा वितरण

लोकतन्त्र खबर
२५ पुष २०७९

मनोज यादव—
सर्लाही,पुस २५

शितलहरकाका कारण चिसो अत्याधिक बढेपछि सदरमुकाम मलंगवाका वडाहरुमा  सर्वसाधारणलाई निःशुल्क दाउरा वितरण गरिएको छ ।

मलंगवा नगरपालिकाले पालिका अन्तर्गतका वडाहरुको सहकार्यमा  विभिन्न स्थानमा दाउरा वितरण गरेका छन् । सोही क्रममा वडा न-२ का वडा अध्यक्ष धिरेन्द्र साहले सम्बन्धित वडाको विभिन्न स्थानहरुमा आफै पुगेर शितलहरमा गरिब तथा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेका छन् ।

“गरिब, विपन्न ,ज्येष्ठ नागरिक तथा बालबालिकाहरुलाई  चिसोबाट बचाउन निःशुल्क दाउरा वितरण गर्ने कार्यक्रम ल्याएको वडाअध्यक्ष साहले भने ।

वडा न-२ का वडाअध्यक्षसहित नगरपालिकाका अन्य वडाका वडाअध्यक्षहरुले पनि आफै विभिन्न सार्वजनिक स्थानहरुमा पुगेर दाउरा वितरण गरेका छन् ।

दाउरा पाएपछि मलंगवाका शितलहर पिडित नागरिकहरु खुसी हुँदै नगरपालिका र वडा कार्यालयलाई खुसी हुँदै धन्यवाद दिएका छन् ।

तर मलंगवाका कतिपय सार्वजनिक स्थानमा वडा कार्यालयले आगो ताप्नको लागि राखिदिएको दाउराहरु यहाँका केही ब्यक्तिहरुले उठाएर आआफ्नो घरमा समेत लगेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्: