Loktantra Khabar National Weekly
Ad

शौचालय सफा गर्दा फेला पर्‍यो कटुवा पेस्तोल

लोकतन्त्र खबर
२२ पुष २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस २२
सर्लाहीको हरिवन नगरपालिका वडा न-११ बाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
बुधबार दिउँसो हरिवन नपा वडा न-११ स्थित बाटोको छेउमा स्थानीय अकबर अलीको जग्गामा रहेको रिंङ्गवाला शौचालय सफाई गर्ने क्रममा चल्न नसक्ने अवस्थाको “हैण्ड मेड” नामक कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।
फेला परेको पेस्तोल आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्: