Loktantra Khabar National Weekly
Ad

तेस्रो डिभिजनको टिमसँग बार्सिलोनाको कठिन जित

लोकतन्त्र खबर
२१ पुष २०७९

२१ पुस, काठमाडौं । अंशु फातीले अतिरिक्त समयमा गोल गरेपछि स्पेनिस कोपा डेल रे मा बार्सिलोनाले तेस्रो डिभिजनको इन्टरसिटीमाथि ४–३ को संघर्षपूर्ण जित हासिल गरेको छ ।

गत सिजन इंग्ल्याण्डको बर्मिङघम सिटीले रिलिज गरेका ओरियोल सोल्डेभिलाले ह्याट्रिक गरेपछि ला लिगा महारथी बार्सिलोना अप्ठेरोमा परेको थियो ।

बार्सिलोनाका रोनाल्डो अराउजोको सुरुवाती गोलबाट पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफमा ओरियोलले बराबरी गोल फर्काए ।

ओस्मान डेम्बेलेले ६६औं मिनेटमा पुनः अग्रता दिलाएका थिए । तर, ७४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरी खेल पुनः बराबरीमा ल्याए । ७७औं मिनेटमा पाहुना टोली बार्सिलोनाका लागि राफिन्हाले गोल गरे । तर, ८६ औं मिनेटमा गोल गरी ओरियोलले ह्याट्रिक पूरा गर्दा खेल अतिरिक्त समयमा धकेलियो ।

अतिरिक्त समयमा फातीले गोल गरेपछि बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ ।

‘नकआउट प्रतियोगिताको जादू नै यही हो । हामीले यहाँ ेरै सिकेका छौं,’ बार्सिलोनाका अराउजोले खेलपछि भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्: