Loktantra Khabar National Weekly
Ad

चिसो प्रभावित बाल बालिकाहरुलाई स्विटर वितरण 

लोकतन्त्र खबर
२० पुष २०७९


लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस २०
शिक्षासँगै चिसोबाट प्रभावित बाल बालिकाहरुको सुरक्षालाई मध्य नजर गर्दै बाल कल्याण समाज सर्लाहीले बसबरिया गाउँपालिका वडा न-७ मा रहेको श्री प्रथमिक विद्यालयमा अध्यनरत बाल बालिकाहरुलाई न्यानो स्विटर वितरण गरेको छ।
विद्यालयका जग्गा दाता फेकन मण्डल धानुकको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि    राज होजियारी बिरगंजले सहयोग स्वरुप उपलब्ध गराएको न्यानो स्विटर सो विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत २५ जना गरिब तथा दलित घरपरिवारका बाल बालिकाहरुलाई वितरण गरेको संस्थाले जनाएको छ।
संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षता तथा विद्यालयका प्राधानाध्यापक उपेन्द्र राय यादवको  बिशिस्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा  अभिभावक,शिक्षक,विद्यार्थी,  शिक्षाप्रेमी लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम पश्चात् न्यानो स्विटर प्राप्त गरेका बालबालिका र तिनका अभिभावकहरु खुसी हुँदै  सहयोगी संस्था राज होजियारी र आयोजक संस्था बाल कल्याण समाजलाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया दिनुहोस्: