Loktantra Khabar National Weekly
Ad

बाख्राको विषयलाई लिएर कुटाकुट,६ जना घाइते

लोकतन्त्र खबर
११ पुष २०७९

निरमा पंडित—
सर्लाही,पुस १२
सर्लाही विष्णु गाउँपालिका वडा नं- ८ बत्रौलमा बाख्राको विषयलाई लिएर दुईपक्ष बिचको विवादका कारण भएको कुटपिटबाट ६ जना घाइते भएका छन्।
आइतवार बिहान १० बजे स्थानीय राजकुमार रायको आँगनमा छिमेकी रामप्रवेश रामको बाख्रा गएको विषयलाई लिएर विवाद उत्पन्न भएको स्थानीयहरुले बताएका छन् ।सामान्य भनाभनबाट सुरु भएको विवाद कुटाकुटमा परिणत भएपछि कुटपिटबाट रामकी ३५ वर्षीया श्रीमती  सुशिला देवी र निजको ४ वटी छोरीहरु १८ वर्षीया कविता कुमारी,१२ बर्षिया प्रेरणा कुमारी, १६ बर्षिया अन्जना कुमारी,१० वर्षीया  खुश्बु कुमारी र  छोरा १४ बर्षीय विक्रम यादव घाइते भएका छन्।
घाइतेहरु सबैको प्रादेशिक अस्पतालमा उपचार भइरहेको र हाल उनिहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: