Loktantra Khabar National Weekly
Ad

महिला हिंसा नियन्त्रण गर्न किशोरीहरूको दुई दिने भेला सम्पन्न

लोकतन्त्र खबर
२८ मंसिर २०७९

महिला हिंसा न्युनीकरण अभियानमा सहयोग पुर्याउन धनकुटाको भेडेटारमा प्रदेश १ का अगुवा किशोरीहरुको दुई दिने भेला सम्पन्न भएको छ ।

 

महिला जनचेतना केन्द्र, मेचीनगरको आयोजनामा  सम्पन्न भएको उक्त्त भेलामा प्रदेश नम्बर १ का दश वटा जिल्लाहरु झापा, मोरङ्ग, सुनसरी, धनकुटा, इलाम, पाँचथर, भोजपुर, उदयपुर, संखुवासभा, तेह्रथुमबाट करिब ३५ जना अगुवा किशोरीहरू सहभागी भएका थिए ।

समाजमा कायमै रहेको लैङ्गिक हिंसा विरुद्धको अभियानलाई सार्थक तुल्याउनलाई  प्रदेश भरिकाकिशोरीहरुलाई सहभागी गराएर दुई दिने कार्याशाला सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रमुख राधा प्रधानले बताइन । सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मुलनाराका साथ यस वर्ष नेपालमा पनि १६ दिन लैङ्गिक हिंसा विरुद्ध अभियान मनाइएको थियो ।

सो कार्यक्रमअन्तगर्तत महिला जनचेतना केन्द्रले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यहरु मध्ये लैङ्गिक समानताको विषयमा सहभागिहरुलाई विषेश प्रशिक्षण दिएको हो । त्यस्तै महिला आन्दोलन,  उपलब्धीहरु, आगामी दिनमा आइपर्ने चुनौतिहरुको विषयमा पनि भेलामा विशेष चर्चा भएको थियो ।

 

उदघाटन सत्रमा प्रमुख अतिथि वियोन्ड वेइजिङ्ग कमिटि नेपालका अध्यक्ष सुसिला श्रेष्ठले विशेष प्रशिक्षण दिएकी थिइन ।  त्यस्तै लेखक तथा अनुसन्धानकर्ता रीता शाह, मानव अधिकारकर्मी कोषराज न्यौपाने, महिला अधिकारकर्मी मंजीता उपाध्यायले सहजीकरण  गरेका थिए । उक्त्त कार्यशालाबाट प्रदेशस्तरीय घोषणा पत्र पनि जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: