Loktantra Khabar National Weekly
Ad

मलंगवा स्थित सगरमाथा विद्यालयको वार्षिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न

लोकतन्त्र खबर
२२ मंसिर २०७९

मनोज यादव—
सर्लाही,मंसिर २२
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा रहेको सगरमाथा आधारभूत आवासीय विद्यालयले आफ्नो वार्षिक खेलकुद प्रतियोगिताको फाईनल राउन्डको  औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको  छ ।
पाठ्यपुस्तकको अध्यनले मात्र शैक्षिक स्तरमा सुधार तथा वृद्धि नहुने, यसका लागि अतिरिक्त क्रियाकलापको पनि उत्तिकै आवश्यक पर्ने भएकोले बालबालिकाहरुलाई शिरिरिक तथा मानसिक रुपमा स्वास्थ राख्न विद्यालयको वार्षिक क्यालेन्डर अनुसार हरेक वर्ष यसै महिना(मंसिर)मा वार्षिक खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको विद्यालयका भाइस प्रिन्सिपल जोसेफ क्षेत्रीले जानकारी दिए।
मंगलमित क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद रायले गरेका थिए।
पुर्व प्रअ महेन्द्र लाल कर्ण, डा.अब्दुल रहिम मिकरानी लगायत अभिभावक ,विद्यार्थीहरुको उपस्थिति रहेको  उद्घाटन समारोहलाई भब्य बनाउन सोही विद्यालयमा अध्यनरत विद्यार्थीहरुले कवाज,सामुहिक नृत्य ,ड्रिल,जिम्नेस्टिक लगायतका मनोरञ्जनात्मक क्रियाकलापहरु प्रस्तुत गरेका थिए।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धा २३ गते र २४ गते हुने विद्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्: