Loktantra Khabar National Weekly
Ad

३५औं विश्व एड्स दिवसको अवसरमा मलंगवामा सचेतनामुलक र्‍याली

लोकतन्त्र खबर
१५ मंसिर २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर १५
1 डिसेम्बर अर्थात विश्व एड्स दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरेर मनाइएको छ ।सोही अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरि ३५ औं विश्व एड्स दिवस मनाइएको छ।
एड्स अन्त्यका लागि समानताको सुनिश्चितता भन्ने नाराका साथ स्वास्थ्य कार्यालय सर्लाहीको आयोजनामा बुधबार मलंगवामा सचेतनामुलक र्‍याली निकालिएको छ। बिहान निकालिएको र्‍यालीले मलंगवा बजारको परिक्रमा गरेरको थियो । र्‍यालीका सहभागीहरुले एच. आइ. भी. को जांच गराऔ, आफ्नो अवस्था थाहा पाऔं, विश्व एड्स दिवस, STOP AIDS लेखिएका प्लेकार्डहरु बोकेका थिए । र्‍याली पश्चात् कोण सभाको समेत आयोजना गरिएको थियो।
एड्सको प्रभावकारी रोकथाम,तथा उपचार सेवा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो।

 

प्रतिक्रिया दिनुहोस्: