Loktantra Khabar National Weekly
Ad

मलंगवाबाट परिवार नियोजन घुम्ति शिविर सुरु

लोकतन्त्र खबर
१४ मंसिर २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर १४
परिवार नियोजन सम्बन्धी  बन्ध्याकरण घुम्ति शिविर सर्लाहीको सदरमुकाम मलंगवामा सुरु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीको आयोजना तथा मलंगवा नगरपालिका र एफ.पानको सहयोगमा मंगलबारदेखि प्रादेशिक अस्पताल मलंगवाबाट उक्त शिविर सुरु भएको छ।प्रादेशिक अस्पताल मलंगवामा संचालन भइरहेको उक्त शिवरको मंगलबार बिहान अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सतिश साहको अध्यक्षतामा आयोजित कार्यक्रमका बिच मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादवले शिविरको उद्घाटन गरेका हुन् ।
भ्यासेक्टोमी र मिनिल्याप सम्बन्धि  सेवा दिइने यस शिविरमा मलंगवा न.पा को तर्फबाट मिनिल्याप गराउने महिलालाई हर्लिक्स र भ्याक्सोटोमी गराउने पुरुषलाई प्रति व्यक्ति नगद रु २ हजार प्रदान गरिने स्वास्थ्य संयोजक राम नन्दन रायले जानकारी गराउनु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्: