Loktantra Khabar National Weekly
Ad

मान्यता,पहिचान र सुरक्षा सम्बन्धि सरोकारवालाहरु सँग अन्तरक्रिया सम्पन्न

लोकतन्त्र खबर
१४ मंसिर २०७९

लोकतन्त्र समाचारदाता—-
सर्लाही,मंसिर १४
महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिला मानव अधिकार रक्षक संजाल सर्लाहीको आयोजना तथा मलंगवा नगरपालिका सँगको समन्वयमा महिला अधिकार रक्षकहरुको मान्यता,पहिचान र सुरक्षा   विषयक अन्तरक्रिया कार्यक्रम मलंगवामा सम्पन्न भएको छ।
राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवा,सेभ द चिल्ड्रेन,सेसी नेपाल,माइती नेपाल,यु.एन.एफ.पि.ए,ओरेक नेपाल,इन्सेक,कोक्याप,यु.एस.ए.आइ.डी,प्रेरणा,ब्लु डायमण्ड सोसाइटी,एन.सि.ई नेपाल ,लाइफ नेपाल,भिएसओ,साप नेपाल ,पहिचान नेपाल,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ,ओसिएमसी र प्रादेशिक अस्पताल मलंगवा लगायतका संघसंस्थाहरुको सहयोग तथा एकवद्धयतामा “सभ्य समाजको पहिचान,लैंगिक हिंसा विरुद्धको अभियान” भन्ने नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।कार्यक्रममा महिला तथा बालबालिका शाखाका प्रियंका झाले जिल्लामा महिला हिंसाको प्रकार तथा अवस्थाको बारेमा उपस्थित सहभागीहरु लाई जानकारी जानकारी गराएका थिए।
वडा न-८ स्थित बाल मन्दिरको सभाहलमा आयोजना भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम,प्रहरी उपरीक्षक प्रविण पोखरेल,एनसिइ नेपाल सर्लाहीका अध्यक्ष राजेश पासवान,ओरेक नेपालका बच्चेलाल पंडित,सेफ हाउसकी बनिता कार्की(बराल),महिला अधिकारकर्मी रम्भा देवी झा,पहिचान नेपालका संयोजक नगमा खान,दिवानी धिमिरे,मनोसामाजिक परामर्शकर्ता राम सोमारी साह,इन्सेकका सर्लाही प्रतिनिधि बुधन साह लगायत सहयोगी संस्थाका सदस्य,महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्: