सर्लाही २१ पुुष ,
सर्लाहीको बरहथवामा जयशंकर साहको ज्यान गएको विषयमा छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ ।
हिजो भएको झडपमा साहको ज्यान गएको सम्बन्धमा सत्यतथ्य छानबिन गरेर सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन भएको मन्त्रालयले जनाएको छ । समितिमा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्टिूय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहनुभएको छ ।
यस्तै, सरकारले मृतक जयशंकर साहका परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्न पनि निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिन र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ ।
नगर अस्पतालको स्वामित्व विवादमा हिजो भएको प्रदर्शनका क्रममा भएको झडपमा परी साहको ज्यान गएको हो । स्थानीयले गोली हान्ने प्रहरीलाई कारबाही हुनुपर्ने लगायतका माग राखेर शव उठाउन नदिएपछि साहको शव घटनास्थलमै रहेको छ । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका वडा नं. ६ बस्ने अन्दाजी ३० वर्षिय जयशंकर साह मृत्युु भएपछी बरहथवावासी शोकमा डुुबेका छन ।मृत्क साहलाई प्रहरीले टाउकोमा गोली प्रहार गरेको बरहथवाका स्थानियले जानकारी दिएको छ ।
आन्दोलन चलिरहेको क्रममा आक्रोशित भिड यत्रतत्र भइरहेको बेला विद्युत प्राधिकरणबाट होटल गइरहेको बेला साहलाई प्रहरीले टाउको ताकी गोली प्रहार गरेको स्थानियहरुले बताएका छन । मृत्क साहको शव अहिले पनि घटना स्तलमै नै रहेको छ । मृतक साह बंगलादेशमा एमबीबीएस पढदै गरेका थिए । बुबा बंगाली राम साहले आफू बिरामी भएपछि व्यवसाय हेर्न भनेर बोलाएका थिए ।तीनवर्ष अघि बंगाली रामको निधन भएपछि व्यापार व्यवसाय उनले नै सम्हाल्दै आएका थिए ।
एम. बिबि.एस अध्यन ब्रेक गरेर बरहथवा नगरपालिकामा सर्लाही होटल रेस्टुर्यान्ट एण्ड पार्टी प्यालेस सञ्चालन गरेका थिए । उनि कम समयमै ठूलो व्यपारी तथा होटल व्यवसायको नामले परिचित भए । घटना प्रति समाजिक सञ्जालमा चौतर्फी बिरोध बरहथवाका युवा कौशल यादवले फेरि एक युवालाई नेपाल प्रहरीले टाउकोमा गोली हानी हत्या गरेको समाजिक सञ्जालमा लेखेका छन ।
मधेशमा जहिलेपनी सानो विवादको आन्दोलनमा पनि प्रहरिले गोली चलाउँदा छाती र टाउको नै किन देख छ सरकार भावुक भएर लेखेका छन । आमाको एकल सहारा छोराको मृत्यूको खबर सुन्दा बेचारी आमालाई आज के बितिरहेको होला। छोरा सहित उनको आमालाई पनि जिउँदै मारि देउ नालायक सरकार अर्का युवक गुडु यादवले समाजिक सञ्जालमा लेखेका छन । यो घटनाको जिम्मेवारी बरहथवा नगर प्रमुख कल्पना कुमारी कटुवाल र नालायक प्रहरीले लिनु पर्ने समाजिक सञ्जाल प्रयोगकर्ता गुडुले लेखेका छन ।
साहलाई जुन प्रहरीले टाउकोमा गोली हानी हत्या गर्यो। हामीलाई पनि त्यो नालायक प्रहरीलाई यस्तै टाउकोमा गोली हान्न देऊ सरकार । क्षतिपूर्तिले केहि हुदैन, जति तिमीले क्षतिपूर्ति दिन्छौ त्यो भन्दा तेबर क्षतिपुर्ति त्यो नालायक प्रहरीलाई हामी जनताले दिन तयार छौ, हामीलाई नी त्यस्तै टाउकोमा गोली हान्न देऊ सरकार समाजिक सञ्जाल प्रयोगकर्ता अर्का युवा जितु रौनियारले लेखेका छन । अंकित गंजराज चौधरीले खोई लोकतन्त्र ।
मृत्युुको भार तिमिहरु सबै टाउकेले जिम्मा लिनै पर्छ ,चाहे त्यो अस्पतालको विषयमा बिरोध गर्ने पक्ष होस,चाहे त्यो बरहथवा नगरपालिका होस, चाहे त्यो प्रहरी प्रशासन होस घटनाको विरोद्ध गर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्दै लेखेका छन । बरहथवा नगरपालिका(६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएको प्रदर्शनमा साहको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रवार कर्फ्यू आदेश जारी गरेको हो ।
तनाव बढ्दै गएकोले शुक्रवार बेलुका साढे ५ बजेदेखि शनिवार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगरको निर्णय उल्टाउन खोजेको भन्दै स्थानीयले नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेपछि झडप भएको थियो ।अहिले भने बरहथवाको अवस्था तनावग्रस्त रहेको छ ।
मृत्क परिवारको माग मेयर कल्पना कुमारी कटुवालले राजिनामा सहित कार्वाही हुनुपर्ने, डिएसपीलाई निल्मवन गर्नुपर्ने, दोषीलाई हदै सम्मको कार्वाही हुनुपर्ने, मृत्क साहलाई शहिद घोषणा गर्नुपर्ने, ५० बेडको प्रादेशिक अस्पताल कायम गर्नुपर्ने, अस्पताललाई मृत्क साहको नामले नामकरण हुनुपर्ने, मृत्कको सालिक नेपाल बैंक चौकमा निर्माण हुनुपर्ने र मृत्कको सालिक अस्पतालमा पनि निर्माण गर्नुपर्ने लगायतको मागहरु मृत्क परिवारले अघि सारेका छन ।
डिएसपी दिपेन्द्र पजियार थारुको भनाई प्रहरीलाई कुुटपिट तथा हथियार आन्दोलनकारीले खोस्न गएपछी फाइरिङ्ग गरिएको थियो, सोही क्रममा मृत्क साहलाई गोली लागेको हुनुपर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा डिएसपी दिपेन्द्र पजियार थारुले जानकारी दिनुुभयो ।घटनालाई ढाक छोप गर्दै डिएसपी थारुले यो घटनामा प्रहरीको गल्ती नभएको मिस्टेकले साहलाई गोली लागेको बताउनुुभयो । अहिले मृत्कको शव उठाउनको लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सर्वदलिय बैठक केही छिनमै बस्ने थारुले जानकारी दिनुुभयो ।
के भन्छन बरहथवा नगर प्रमुख ? नगर प्रमुख कल्पना कुमारी कटुवालले बरहथवामा दुखद घटना भएको छ, सिङ्गो बरहथवावासी नै अहिले शोकमा डुुबेको बताउनुुभयो । घटनाको उचित छानविन होस, घटनामा म दोषी छु भने मलाई पनि कानुुन अनुसार कार्वाही होस नगर प्रमुख कटुवालले बताउनुुभयो । कर्फ्यु हटाएर आइतवार विहान ८ बजे सम्मको लागि निषेधाज्ञा जारी सर्लाहीको बरहथवामा कर्फ्युको समय आज बिहान सकिएपछि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मको लागि कर्फ्यु जारी गरेको थियो ।कर्फ्युको समय सकिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहान ८ बजेदेखि भोलि (आइतबार) बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

