Loktantra Khabar National Weekly
Ad

शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक

लोकतन्त्र खबर
२० पुष २०८०

काठमाडौं  पुस २०, लोक सेवा आयोगले लिएको राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

खुलामा १०६ सहित जम्मा २२० जना माग भएकोमा लिखित परीक्षामा ४ हजार ६०८ जना सहभागी भएका थिए । तीमध्ये खुलामा १४४ सहित ३२५ जना अर्को चरणको परीक्षाका लागि छनौट भएका छन् ।

लिखित परीक्षाबाट छनोट भएकाहरुले अब सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तरवार्ता गरी अझै तीन वटा परीक्षा दिनुपर्ने छ ।

सूचना प्रविधि सीप परीक्षण परीक्षा आगामी माघ ५ गतेदेखि ८ गतेसम्म हुने छ । सामूहिक परीक्षण र अन्तर्वार्ता भने आगामी माघ ९ गतेदेखि २६ गतेसम्म हुनेछ ।

लिखित परीक्षामा पास भएका परीक्षार्थीहरुलाई पासपोर्ट साइजको दुई प्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र र दरखास्त फारमको प्रथम र द्वितीय पाना दुई÷दुई प्रति भरी सात दिनभित्र लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा सम्पर्क गर्न भनिएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: