Loktantra Khabar National Weekly
Ad

डिस होम कर्पोरेट सुपर सिक्स क्रिकेट सिजन २ सुरु नगरप्रमुख नागेन्द्र प्रसाद यादवले उद्घाटन गरेको प्रतियोगिताको पहिलो खेलमा कुमारी बैंक र सहारा मल्टिपर्पस भिड्दै

लोकतन्त्र खबर
९ पुष २०८०

मनोज यादव–
सर्लाही,पुस ९

डिस होम फाइबर नेट कोपरेट सुपर सिक्स क्रिकेट टुर्नामेट सिजन २ आज(सोमबार)देखि सर्लाहीको सदरमुकाम मलंगवामा शुरु भएको छ ।

मलंगवा नगरपालिकाको आयोजना तथा डिस होम फाइबर नेटका अधिकृत बिक्रेता लक्ष्मी इन्टरप्राइजेजको सहयोगमा संचालन भइरहेको प्रतियोगितामा नगरपालिकासहित मलंगवाका १० वटा बैंकहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

सोमबार बिहान ११ बजे प्रमुख अतिथि नगरप्रमुख नागेन्द्र प्रसाद यादव र विशिष्ट अतिथि वडा न-८ का वडाअध्यक्ष मुकेश जयसवालले ब्याटिङ र बलिंङ्ग गरेर प्रतियोगिताको उद्घाटन गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा कुमारी बैंक र सहारा मल्टिपर्पस बिच प्रतिस्पर्धा भइरहेको छ।

मलंगवा नगरपालिका वडा न-१० स्थित तिनबिघे मैदानमा संचालन भइरहेको खेलमा कुमारी बैंक ,सहारा मल्टिपर्पस,नविल बैंक ,राजश्री सेविंग्स एण्ड क्रेडिट ,मलंगवा नगरपालिका ,हिमालयन बैंक ,एनएमबी बैंक ,प्रभु बैंक,प्रोग्रेसिभ फाइनान्स र एनआईसि एसिया बैंकका टिमहरु सहभागी भएको डिस होम फाइबर नेटका अधिकृत बिक्रेता लक्ष्मी इन्टरप्राइजेजका संचालक सुवास गुप्ताले जनाएको छ।

तिनबिघे मैदान क्रिकेट प्रेमी दर्शकहरुले खचाखच भरिएको छ।प्रतियोगिता भोली(मंगलबार) सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्: