Loktantra Khabar National Weekly
Ad

मलंगवामा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२३ मनाइयो

लोकतन्त्र खबर
३ पुष २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस ३

सर्लाहीको सदरमुकाम मलंगवामा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२३ विभिन्न कार्यक्रमहरु गरि मनाइएको छ।”आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान”भन्ने नाराका साथ मलंगवा नगरपालिकाको आयोजनामा यो दिवस मनाइएको हो।

दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत सुरक्षित वैदेशिक रोजगारीको लागि आप्रवासी श्रमिक सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ।

मलंगवा नगरपालिकाको सभा हलमाभएको कार्यक्रममा वैदेशिक रोजगारको बर्तमान अवस्था, चुनौती तथा अवसरहरुका बारेमा अन्तरक्रिया गरिएको थियो। अन्तरक्रिया पश्चात् नगरपालिका चौकमा दिप प्रज्वलन समेत गरिएको थियो।

नगरपालिकाका शाखा अधिकृत राम पुकार यादवले संचालन गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह,नगर उपप्रमुख शकुन्तला देवी साह,प्रमुख प्रशासकीय अधिकृत रंजित कुमार यादव ,सूचना अधिकृत राजकुमार अधिकारी,प्रहरी उपरीक्षक ,नेपाली काँग्रेस नहर कमिटी अध्यक्ष चन्द्र किशोर साह,विभिन्न वडाका वडाअध्यक्ष,सामी हेल्भेटासका प्रतिनिधि ,मानवअधिकारकर्मी मुकेश मिश्र,नगरपालिकाका कर्मचारीहरु तथा पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: