Loktantra Khabar National Weekly
Ad

नेपाली कांग्रेसको समन्वय विभागमा नेविसंघ सर्लाहीका पुर्व अध्यक्ष कृष्णनन्दन राय मनोनीत

लोकतन्त्र खबर
२७ मंसिर २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर २७

नेपाली कांग्रेस मधेश प्रदेश भातृ संस्था समन्वय विभागमा नेपाल विद्यार्थी संघ सर्लाहीका पूर्व अध्यक्ष कृष्णनन्दन कुमार राय मनोनित भएका छन्।

नेपाल विद्यार्थी संघ सर्लाही जिल्ला कार्यसमितिका पूर्व अध्यक्ष समेत रहेका रायलाई नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिका सभापतिले मनोनित गरेका हुन् । उनीसहित समन्वय विभागका उप-प्रमुख र अन्य सदस्यहरुलाई मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गरिएको थियो।

प्रमाणपत्र वितरण पश्चात समन्वय विभागका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल तरुण दलका केन्द्रीय सदस्य लोकहरि पौडेलले बधाई तथा शुभकामना दिएका थिए।

राय यसअघि नेपाली कांग्रेस केन्द्रीय समिति अन्तर्गत तरूण विभागको सदस्य समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्: