Loktantra Khabar National Weekly
Ad

मलंगवा कौडेनामा पालिका स्तरमा नीतिगत पैरवी कार्यक्रम सम्पन्न

लोकतन्त्र खबर
२६ मंसिर २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर २६

EU को आर्थिक सहयोग तथा VSO को नेतृत्वमा जनजागरण युवा क्लब (JJYC)बारा द्वारा संचालित सहयात्रा परियोजना अन्तर्गत सोमबार सर्लाहीको मलंगवा र कौडेनामा नीतिगत मुल प्रवाहिकरणका लागि पालिका स्तरमा नीतिगत पैरवी कार्यक्रम सम्पन्न भएको छ।

कौडेनामा गाउँपालिका उपाध्यक्ष नगीना देवीको प्रमुख आतिथ्यता तथा मलंगवा र कौडेनामा युवा क्लबका कोषाध्यक्ष सियाराम यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

सोमबार मलंगवा नगरपालिका र कौडेना गाउँपालिकामा भएको कार्यक्रममा शिक्षालाई मुलप्रवाहिकरण गर्न ,लैंगिक प्राथमिकतामा आधारित बजेट विनियोजन गर्न र अनिवार्य शिक्षा ऐन २०७५ को दफा १९ अनुसार २०८५ बैशाख १ गतेसम्म सबैले कसरी आधारभूत शिक्षा हासिल गर्न सक्छन भन्ने विषयमा सरोकारवालाहरु सँग वृहत् रुपमा छलफल गरिएको थियो।

छलफलको क्रममा सहभागीहरुले स्थानीय तहहरुले नि:शुल्क रुपमा सार्वजनिक शिक्षा प्रदान गर्नु पर्ने साथै शिक्षालाई प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिएका थिए। यसमा अभिभावकहरुलाई पनि उत्तिकै सचेत हुनपर्ने उनीहरूको भनाइ थियो।

मलंगवा नगरपालिकाको वडा न-३ स्थित महेन्द्र होटलमा भएको कार्यक्रममा JJYC का कार्यक्रम प्रबन्धक मनोज यादव,भिएसओ का देवी न्यौपाने ,प्रेरणाका कार्यसमिति सदस्य मुकेश झा,संयोजक राजु लामा,कौडेना गा.पा का प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादव,शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE Nepal)सर्लाहीका संयोजक राजेश पासवान,मलंगवा नपा र कौडेना गापा का कार्यपालिका सदस्यहरु,वडाअध्यक्षहरु,विभिन्न शाखाका शाखा प्रमुखहरु र नागरिक समाजका अगुवाहरु लगायतको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: