Loktantra Khabar National Weekly
Ad

मलंगवामा अन्तर विद्यालय क्रिकेट सिजन २ को प्रतियोगिता शुरू

लोकतन्त्र खबर
२४ मंसिर २०८०

लोकतन्त्र समाचारदाता
सर्लाही,मंसिर २४

सर्लाहीको सदरमुकाम मलंगवामा अन्तर विद्यालय क्रिकेट सिजन २ को प्रतियोगिता शुरू भएको छ। मलंगवा नगरपालिका वडा न-८ द्वारा प्रायोजित तथा सर्लाही क्रीकेट संघ द्वारा आयोजित उक्त प्रतियोगिताको शनिबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

उद्घाटन समारोहमा वडा न-८ का वडा अध्यक्ष मुकेश जयसवाल,वडा न २ का वडा अध्यक्ष धिरेन्द्र साह,वडा न-३ का वडा अध्यक्ष प्रमोद यादव, वडा न ४ का वडाअध्यक्ष रवीन्द्र यादव,वडा न ९ का वडाअध्यक्ष चन्देश्वर राय,सर्लाही क्रीकेट संघका अध्यक्ष माधवकुमार कर्माचार्य ,सदस्य शंकरप्रसाद नराल,सिद्धार्थ यादव लगातको उपस्थिति रहेको थियो।

वडा न-२ कभर्ड हल स्थित जिल्ला खेलकुद विकासको खेल मैदानमा संचालन भइरहेको प्रतियोगितामा नगर भित्रका ७ वटा विद्यालयहरुले सहभागीता जनाएका छन् ।विजेता टिमलाई नगद रु.दस हजारसहित,कप ,मेडल तथा प्रमाणपत्र र उपविजेता टिमलाई नगद रु सात हजारसहित कप ,मेडल तथा प्रमाणपत्र प्रदान गरिने संघका कोषाध्यक्ष तुलसी यादवले जानकारी दिए।

टी–२० फर्म्याटमा सञ्चाल भइरहेको प्रतियोगिता मंसिर २९ गतेसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस्: