Loktantra Khabar National Weekly
Ad

धनगढी उपमहानगरमा शिक्षकको दरबन्दी मिलान

लोकतन्त्र खबर
२२ मंसिर २०८०

काठमाडौं । धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजन कार्य सकेर शिक्षक दरबन्दी मिलान भइरहेको जनाएको छ । गत साउनदेखि उपमहानगरपालिकाले विद्यालय समायोजनको काम सुरु गरेको हो । विद्यार्थी सङ्ख्या न्यून रहेका १४ वटा विद्यालयमा तह र कक्षा समायोजन गरी यही मङ्सिरमा दरबन्दी समायोजन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिका, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले १४ वटा विद्यालयको तह र कक्षा समायोजन एवं ७५ जना शिक्षकको दरबन्दी मिलान गरिएको जानकारी दिए ।

बाल विकास र प्राथमिक तहमा २९र२९ जना, निम्न माध्यमिक तहमा ११ र माध्यमिक तहमा छ जना शिक्षक दरबन्दी मिलानमा परेका छन् । चार जना विद्यालय सहयोगीको पनि दरबन्दी मिलान गरिएको छ ।

सामुदायिक विद्यालयको सुधारका लागि यो वर्षबाट नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम लागु भएको छ । यस अन्तर्गत ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयलाई नमुना विद्यालय बनाउने योजना अगाडि बढेको महाशाखा प्रमुख खातीले जानकारी दिए । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: