Loktantra Khabar National Weekly
Ad

मलंगवामा मनाइयो ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

लोकतन्त्र खबर
१८ मंसिर २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,१८

राष्ट्रिय मधेशी अपाङ्ग महासंघ नेपाल तथा अपाङ्गता जिल्ला समन्वय समिति सर्लाहीको संयुक्त आयोजनामा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस विविध कार्यक्रमहरु आयोजना गरि मनाइएको छ ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा आइतवार सदरमुकाम मलंगवामा पनि दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता भन्ने नाराका साथ यो दिवस मनाइएको छ ।

अपाङ्गता जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष विरेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको तर्फबाट अपांगता भएका १ जना ब्यक्तिलाई एकजोर बैसाखी र ६१ जनालाई हाइजेनिक कीट प्रदान गरिएको छ।

अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका सवालहरुलाई विश्वव्यापी रुपमा उजागर गर्न सन् १९९२ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा संसारभरि हरेक वर्ष ३ डिसेम्बरका दिन यो दिवस मनाउने गरिन्छ ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा देवनारायण ,नन्द किशोर ठाकुर,नरेश राय,पत्रकार बख्तियार अली ,जिल्लाको विभिन्न पालिकाबाट आएका अपाङ्गता भएका ब्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्: