Loktantra Khabar National Weekly
Ad

धनुषामा एउटै मञ्चमा १७ मिनेटमा १३ जोडीले गरे बिना दाइजो विवाह

लोकतन्त्र खबर
१२ मंसिर २०८०

जनकपुरधाम । धनुषामा एउटै मञ्चमा १३ जोडीले सामूहिक रूपमा बिना दाइजोको विवाह गरेका छन् । मिथिला नगरपालिका–२ स्थित सतलोक आश्रममा उनीहरूले दाइजोमुक्त विवाह गरेका छन् ।

शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१० औँ तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा एउटै मञ्चमा सोमबार १३ जोडीको अन्तरजातीय एवं आदर्श विवाह गराइएको छ । उनीहरूको विवाह १७ मिनेटमै सम्पन्न भएको थियो ।

असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह गराइएको शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टले बताए । ‘विवाह हुने चार जोडी नेपाल र ९ जोडी भारतका छन् । यो विवाहलाई रमेणी विवाह पनि भनिन्छ । ‘यो विवाह पूर्णतः आदर्श एवं दाइजो मुक्त हुन्छ,’ भट्टले भने, ‘जातीय वा अन्तरजातीयमा विवाह गर्नु पूर्व सबै जोडीका अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्छ ।’

आइतबारदेखि सुरु भएको तीन दिवसीय दिव्य धर्म यज्ञमा शन्त गरिबदास महाराजको अमरवाणी अखण्ड पाठ, रक्तदान शिविर, विशाल भण्डारा तथा दाइजोमुक्त विवाह कार्यक्रम भइरहेको भट्टले जनाएको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: