Loktantra Khabar National Weekly
Ad

नगरपालिका स्तरीय बालश्रम शोषण तथा मानव बेचबिखन समितिको बैठक सम्पन्न

लोकतन्त्र खबर
१० मंसिर २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर १०

नगरपालिका स्तरीय बालश्रम शोषण तथा मानव बेचबिखन समितिको बैठक मलंगवामा सम्पन्न भएको छ।युनिसेफको सहयोग तथा एटविन र संरक्षण नेपालको सहकार्य तथा मलंगवा नगरपालिकासँगको समन्वयमा बालश्रम शोषण रोकथाम स्थागमन तथा मानव बेचबिखन बिरुद्ध क्षमता तथा निगरानी सुदिक्क्षण परियोजना अन्तरगत नगरपालिका स्तरीय रोकथाम समितिको बैठक सम्पन्न भएको हो।

नगर उपप्रमुख सकुन्तला देवी साहको अध्यक्षतामा शुक्रवार सम्पन्न भएको उक्त बैठकमा रोकथाम समितिका सदस्यहरु बिचको छलफलबाट साना ठूला सबैखाले सार्वजनिक सवारीसाधनमा सन्देशमुलक स्टिकर टाँस्ने ,बालश्रमिकको पहिचानका लागि बजार अनुगमन गर्ने र नगरभित्रका विद्यालयमा गएर बालश्रम तथा मानव बेचबिखनको विषयमा विद्यार्थीहरुलाई जानकारी गराउने निर्णय गरिएको छ।

कार्यक्रममा चन्द्र किशोर साह,शिवचन्द्र चौधरी ,नगीना राय,माइती नेपालका प्रतिनिधि ,गोरखकाली प्रहरी चौकी मलंगवाका प्रमुख बिनोद ब.थापा,विष्णुकान्त साह,रामनाथ ठाकुर लगायत समितिका सदस्यहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: