Loktantra Khabar National Weekly
Ad

१८ वर्षीया रजिना खातुन बनिन मधेश प्रदेशकी शिक्षा मन्त्री

लोकतन्त्र खबर
१५ कार्तिक २०८०

धनुषा जिल्लाको जनक नन्दिनी गाउँपालिकाकी श्री मा.वि को कक्षा ९ मा अध्यनरक्त १८ वर्षीय रजिना खातुन मधेश प्रदेशकी शिक्षा मन्त्री बनेकी छन ।

बुधबार खातुनलाई १ घण्टाको लागि शिक्षा मन्त्री बनाइएको छ । प्लान इन्टरनेशनलको गल्र्स टेक अभर कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा शिक्षा मन्त्रालय मधेश प्रदेश संगको समन्वयमा खातुनलाई मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले १ घण्टाको लागि शिक्षा मन्त्रीको जिम्मेवारी हस्तान्तरण गरेका छन ।

सो क्रममा खातुनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी, कार्यविधी, कार्यक्षेत्रलगायतका बारेमा जानकारी गराइएको छ ।

कार्यक्रममा धनुषाका विभिन्न पालिकाहरुकाबाट आएका सामुदायिक विद्यालयका छात्राहरुले आफ्ना विद्यालयमा रहेका समस्याहरुबारे ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै, मन्त्री महेश प्रसाद यादवले १ घण्टाको लागि खातुनलाई शिक्षा मन्त्रीको जिम्मेवारी हस्तान्तरण गरेर छात्राहरुलाई मन्त्रालयबारे जानकारी दिन पाउँदा आफूले गर्भानवित महसुस गरेको बताए । उनले उपस्थित छात्राहरुको गुनासो आफ्नो मन्त्रालयमार्फतबाट स्थानीय तहसंग समन्वय गरी छिटो भन्दा छिटो समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्लान इन्टरनेसनलले बालबालिका, युवा, किशोरी र महिलाको हक हित र व्यक्तित्व विकासका लागि देशै भरका जिल्लाहरुमा काम गर्दै आएको अभियानका विशेषज्ञ सृजना बजार्चायले जानकारी दिइन । उनले धनुषाका ५ वटा पालिकामा हाल उक्त परियोजनाले काम गर्दै आएको बताइन । उनले यस अघि पनि देश भरका विभिन्न संघसंस्थाका पदाधिकारीको समन्वयमा छात्राहरुलाई एक दिनका लागि पद हस्तान्तरण गराएको बताउँदै, आजको पद हस्तान्तरण देशमै पहिलो पटक शिक्षा मन्त्रीको टेक अभर भएको जानकारी दिइन । उनले आजको टेक अभरले समाजमा छात्राहरुलाई पढेर ठूलो मान्छे बन्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन ।

कार्यक्रममा, शिक्षा मन्त्रालयका पदाधिकारी, प्लान इन्टरनेशनल तथा आसमान नेपालका पदाधिकारी, छात्रा तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: