सर्लाही १३ असाेज । सर्लाहीको सदरमुकाम मलंगवा २ मा रहेकाे संत अल्प माई राम नारायण नर्सिङ कलेज मलंगवामा अध्यनरत २ जना छात्रा माथि जबर्जस्ती करनी भएकाे छ ।
नर्सिङ कलेजमा अध्यण गरिरहेकी पिडित छात्राहरूले जाहिरी दिएपछि साेही कलेजमा अध्यन गरि रहेकाे २ जना छात्र करनी गरेकाे अाराेपमा जिल्ला प्रहरीले नियन्त्रणमा लिएकाे छ, भने एकजना फरार रहेकाे प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जबर्जस्ती करनी गरेकाे अाराेपमा धनुषा जिल्ला घर भएका अनिकेत यादव तथा पर्सा जिल्लाका सुजित चाैधरी पक्राउ परेकाे हाे । त्यसतै करनी गरेकाे एकजना अाराेपी फरार रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।
पक्राउ परेकाे २ जना ब्यक्ति संग अावशयक छानबिन भईरहेकाे जनाएकाे छ । याे घटनाकाे थप बिवरण अाउन बाकी रहेकाे प्रहरीले बताएको छ ।
यस विषयमा पत्रकारको टोली कलेजमा बुझ्न जाँदा त्यहाँ भेटिएका शिक्षक तथा कर्मचारीहरु कुनै किसिमको प्रतिक्रिया दिन नचाही क्वाटरमा लुकेर बसेकाले भित्री यथार्थ कुराहरु बाहिर आउन सकेको छैन। प्रमुख पनि कलेजमा उपस्थित नभएकोले पत्रकारहरु त्यसै फर्किएका थिए।
स्मरण होस यस नर्सिङ कलेजको बारेमा यसअघि पनि विभिन्न घटना सम्बन्धि समाचारहरु प्रकाशन र प्रशारण भइसकेको छ।कहिले पढाइको विषयलाई त कहिले शौचालय निर्माणमा भएको अनियमितताको विषयलाई समाचारहरु विभिन्न मिडियाहरुमा समाचारहरु आइसकेको छ।
यस घटना सम्बन्धि थप बिवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्:

