Loktantra Khabar National Weekly
Ad

सदरमुकाम मलंगवामा शान्ति सदभाव कायम गर्न प्रमुख ६ दलको सामुहिक अपिल

लोकतन्त्र खबर
९ आश्विन २०८०

सदरमुकाम मलंगवामा शान्ति सदभाव कायम गर्न सर्लाहीका प्रमुख ६ दलले सामुहिक अपिल गरेको छ । ६ दलले बिज्ञप्ती निकाल्दै शान्ति सदभाव कायम गर्न सदरमुकाम मलंगवा वासी संग ६ दलले सामुहिक रुपमा अनुरोध गरेको हो । प्रेस विज्ञप्तीमा निएको छ । विगत केहि समय देखि जिल्लाको सदरमुकाम मलंगवा र आसपासका क्षेत्रहरुमा भईरहेको सामाजिक सदभाव खलबल्याउने किसिमको गतिविधिले एकदमै चिन्तित तुल्याएको छ ।

मुर्ति सेलाउने क्रममा भएको घट्ना र त्यस पछि भईरहेको घटनाक्रमले शदिऔं देखि आपसी सदभाव, सहयोग र भाईचाराले मिलिजुली बसिरहेको समाजमा नकारात्मक छाप पर्दै गईरहेको अवस्था देखिएको छ । प्रशासन द्वारा जारी गरिएको कर्फुले जनजिवन आक्रान्त एवम कष्टकर बनेको छ ।

उत्तेजित एवम अराजक गतिविधिले धार्मिक जातिय आदि हिंसा भडकाई आफनो दुनो सोभ्याउने केहि व्यक्ति बाहेक तपाई हामी सामाजिक मुल्य मान्यतामा चल्ने, अन्य धर्म, सम्प्रदाय, आस्थाको सम्मान गर्नेलाई कहिले राम्रो गर्दैन । तसर्थ प्रशासन समक्ष कर्फु मात्र समाधान नभई दोषीहरु पत्ता लागाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्ने जोडदार माग गर्दछौ ।

हाम्रो पार्टीहरु धार्मिक सहिष्णुता, आपसी भाईचारा, बन्धुत्वको भावना शान्ति सदभाव र एउटा उन्नत समाजमा विश्वास राख्दछ । तसर्थ यो घटना क्रमलाई मिहिन ढङ्गले बुझदै प्रशासन, नागरिक समाज, विभिन्न समूदाय, राजनितिक दल, संस्थाहरु सँग समन्वय र छलफल गरी समाधानको उपाय र प्रयास निरन्तर गरिरहेको व्यहोरा जानकारी समेत गराउँदछौ ।

संयमित भएर सामाजिक सञ्जालको प्रयोग गर्ने, उत्तेजित पार्ने, सामाजिक सदभाव भडकिने किसिमको कृयाकलाप नगर्न नगराउनु हुन अनुरोध गर्दै यस्तो सवेदनशिल र कठिन परिस्थितिमा सबै एकजुट भई सामाजिक सदभाव एवम धार्मिक सहिष्णुता कायम गर्न आ–आफनो तर्फबाट लाग्न हुन हार्दिक अपिल गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्: