मलंगवा, २२ फागुन – सर्लाहीको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवीन महतोले अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाम अनुसार रास्वपाका महतोले ६३६ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका महेन्द्र राय यादवले २३२, नेपाली राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले २००, नेपाली कांग्रेसका डा. सरोज कुमारले ४२ र नेकपा एमालेका नागेश्वर साहले २६ मत प्राप्त गरेका छन् । क्षेत्र नं. २ मा अहिले हरिपुर्वा नगरपालिकाको विभिन्न मतदान केन्द्रको मतगणना भइरहेको छ । क्षेत्र नं. २ को जिल्ला समन्वय समितिको सभा मलङ्गवामा मतगणना भइरहेको हो । सर्लाही २ मा रास्वपाका उम्मेदवार रवीन महतो । सौजन्य उज्यालो अभियान
प्रतिक्रिया दिनुहोस्:

