Loktantra Khabar National Weekly
Ad

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

लोकतन्त्र खबर
१९ माघ २०८२

विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश दिएको छ । काभ्रेको साँगास्थित पतञ्जलि योगपीठका लागि दिइएको जग्गा घोटाला प्रकरणमा विशेष अदालतले आइतबार साक्षी बुझ्ने आदेश दिएको हो । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा साक्षी बुझ्ने आदेश दिएको हो । अख्तियारले माधव नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते मुद्दा दायर गरेको थियो । यसअघि ११ असारमा विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । थुनछेकको निर्णय सुनाएसँगै यो मुद्दा अन्तिम फैसलाका लागि अघि बढिरहेको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: