काठमाडौं, पुस । विश्वका विभिन्न सहरहरूमा नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ। सबैभन्दा पहिले प्रशान्त महासागरमा रहेको किरिबाती देशको किरितिमाती टापुमा नयाँ वर्ष सुरु भयो।
त्यहाँ पुगेका एक पर्यटकले कुनै मानिसको चहलपहल नभएको समुद्र किनारमा, अन्धकारका बीच नयाँ वर्ष मनाएको बताए।
त्यसपछि न्युजिल्यान्डले अकल्यान्डमा आतसबाजी गर्दै नयाँ वर्षको स्वागत ग¥यो। अष्ट्रेलियाको सिड्नीमा पनि ओपेरा हाउस र हार्बर ब्रिज वरिपरि भव्य आतसबाजी गरियो।
तर सिड्नीको उत्सव केही शोकपूर्ण पनि रह्यो। डिसेम्बर १४ मा बोन्डी बिचमा भएको आक्रमणमा १५ जनाको ज्यान गएको सम्झनामा राति ११ बजे एक मिनेट मौन धारण गरिएको थियो। हार्बर ब्रिजमा यहूदी समुदायको प्रतीक मेनोराहको झल्को पनि देखाइयो।
विश्वका अन्य भागहरूमा पनि मानिसहरूले आफ्ना परम्पराअनुसार नयाँ वर्ष मनाएका छन् । केही देशहरूमा भने समय पछाडि रहेका कारण नयाँ वर्ष सुरु हुन बाँकी नै रहेको छ । सौजन्य अनलाइनखबर

