Loktantra Khabar National Weekly
Ad

राजधानी सार्न असहयोगी भूमिकामा ‘गृहमन्त्री’

लोकतन्त्र खबर
२१ मंसिर २०७९

लुम्बिनी प्रदेश सरकारले मङ्गलबारदेखि ​प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा मुख्यमन्त्री कार्यालय सेवा आरम्भ गरिसकेको छ । अस्थायी मुकामबाट सोमबार राती मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको हो ।

प्रदेशको स्वास्थ्य र पर्यटन मन्त्रालय केही करिब एक वर्षदेखि स्थायी राजधानीबाट सेवा प्रवाह गर्दै आइरहे पनि मुख्यमन्त्री कार्यालय भने मंगलबार देखि मात्रै सेवा थालनी गरेको छ । तर अन्य केही मन्त्रालय भने आउन बाँकी नै छन् ।

अन्य मन्त्रालय तथा केही कार्यालयहरू स्थायी राजधानी स्थानान्तरणमा नेपाल सरकार गृहमन्त्री असहयोगी भूमिकामा रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले बताए ।  उनले भने–‘ स्थायी राजधानीमा सुरक्षा व्यवस्थादेखि अस्थायी मुकाममा रहेको कार्यालय स्थानान्तरणमा असहयोगी भूमिका गृहमन्त्रीले गर्दै आइरहनु भएको छ । ’ गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशका सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखद्वयलाई निवासमा बोलाई राजधानी सार्न र सुरक्षा व्यवस्थामा सहयोग नगर्न निर्देशन दिएको जनाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले सरकारको निर्णय कार्यान्वयन गर्नमा सहयोग गर्नुको साटो गृहमन्त्रीले सरकारको निर्णय बेगर आफ्ना मातहतका निकायलाई उक्त निर्देशन दिँदै सरकारलाई असहयोगको गरिरहेको उनले बताए ।

उनले भने, ‘गृहमन्त्री खाणको उक्त निर्देशन सुरक्षा निकाय स्थायी राजधानीको सवाल र व्यवस्थापनमा सहयोगी भूमिकामा छैन । उनले आफ्नो पराजयलाई राजधानीमाथि पोखिरहेकाले यस्तो अवस्था देखिएको हो । ’ मन्त्री थारुले सरकारलाई स्थायी राजधानीमा स्थानान्तरण गर्न गृहमन्त्रीको तर्फबाट खेल्नुपर्ने भूमिकामा अझ उल्टै सरकारलाई आरोप लगाउँदै असहयोग गर्दै आइरहेकाले बताए ।

सपथ ग्रहण प्रभावित पार्न चलखेल

प्रदेश सरकार आफ्नो निर्णयप्रति अडिग रहँदै स्थायी राजधानीमा सरकार सार्न धेरै असहयोगी बीचमा सफल भए पनि स्थायी राजधानीमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण प्रभावित पार्ने चलखेल सरकार स्थानान्तरणसँगै सुरु भएको छ । निर्वाचन आयोगले अन्तिम निर्वाचन मत परिणाम सार्वजनिक गरेको २० दिनभित्र नवनिर्वाचित सांसदहरुलाई सपथ खुवाउनुपर्ने समयसीमा रहेकाले त्यसको तयारी प्रदेश सरकारले स्थायी राजधानी सरकार स्थानान्तरणसँगै तयारी गरे पनि त्यो हुन् नदिन केही चलखेल सुरु भएको प्रदेश सरकार आरोप छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीका प्रेस संयोजक मानसिंह बिकले रातोपाटीसँग भने, ‘ गृहमन्त्रीको प्रयास मुख्यमन्त्री कार्यालय सार्न नदिने थियो । अहिले सुरक्षा निकायदेखि अन्य कामकाजसम्म असहयोगी भूमिका उहाँको छ । अहिले उहाँले सुरक्षा निकायलाई निवासमै बोलाएर उक्त निर्देशनसहित नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण रोक्ने प्रयास उहाँको छ ।’

त्यसलगत्तै बलिउड चलचित्र उचाइको छायांकन र त्यसका लागि कलाकारहरुको नेपाल आगमनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा राम्रै स्थान पायो । यो चलचित्रका कलाकार बोमन इरानी, परिणती चोपडा, अनुपम खेर, निना गुप्ता लगायतनेपाल आएका थिए ।

यही बीचमा बीबीसी मास्टर सेफ : द प्रोफेसनलका फाइनलिस्टहरु समेत नेपाल आएर नेपाली खानाको प्रवद्र्धन गरेका थिए । यसै वर्ष म्यान भर्सेस वाइल्डबाट संसारबाट परिचित बियर ग्रिल्स नेपाल आए । उनको आगमनले समेत अन्तर्राष्ट्रिय पर्यटन बजारमा राम्रो चर्चा कमाएको थियो ।

यसबीचमा ट्राभल र एभिएसन ब्लगका लागि चर्चित युटुबरहरु एकपछि अर्को नेपाल आए । उनीहरुले नेपालबारे गरेको सकारात्मक चर्चाका कारण समेत कोभिडपछिको पुनरुत्थानमा सकारात्मक भूमिका खेलेको छ ।

बढ्दैछ आम्दानी, तर छैनन् ठूला योजना

पर्यटक आगमनमा भएको सुधारसँगै मुलुकले पर्यटनबाट गर्ने आम्दानीमा समेत सुधार भइरहेको छ । नेपाल राष्ट्र बैंकको आंकडा अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा पर्यटनबाट मात्र मुलुकले ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा पर्यटनबाट ५ अर्ब ४२ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघिको आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा भने मात्र १ अर्ब ४८ करोड रुपैयाँ आम्दानी पर्यटनबाट भएको थियो ।

२०७२ सालको भूकम्पछि पर्यटन पुनरुत्थान गर्न नेपाल पर्यटन बोर्डले नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न अभियान नै चलाएको थियो । लगत्तै पर्यटन उद्योग बचाउन आन्तरिक भ्रमण वर्ष घोषणा गरी देशभर भ्रमणको अभियान नै चलाइएको थियो । गुगलबाट बिग्रेका–भत्किएका तस्वीर प्रतिस्थापन गर्ने अभियान चलाएर नेपालबारे सकारात्मक सन्देश प्रवाह गराइएको थियो ।

तर, कोभिडपछि भने सरकार र नेपाल पर्यटन बोर्डसँग यस्तो कुनै योजना छैन । पर्यटन पुनरुत्थान र पर्यटकको आगमनले आफ्नै सुरमा गति लिइरहँदा यसलाई थप बढावा दिने योजना यी निकायसँग छैनन् ।

निर्वाचनभन्दा अगाडि भ्रमण दशक घोषणा गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय त्यसपछि भने सुस्ताएको छ । मन्त्रालयसँग यस वर्ष पर्यटन उद्योगलाई योगदान गर्ने ठूलो योजना छैन । उता, पर्यटन बोर्ड समेत स–साना मेला महोत्सवमा मात्र केन्द्रित छ ।

नेपाल पर्यटन बोर्डको यस वर्षको योजनामा हिमालयन ट्राभल मार्ट, साहसिक पर्यटनसँग सम्बन्धित मार्ट, बुद्धिष्ट मार्ट र भारतीय सिमानाबाट पर्यटकलाई लक्षित गरी गर्ने कार्यक्रम भन्दा ठूलो योजना केही योजना छैन । ‘अब नयाँ सरकार र नयाँ नेतृत्व आएपछि केही नयाँ होला की,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अहिले तत्काल पर्यटनमा ठूलो काम गरिहाल्ने कुनै योजना भने छैन ।’

प्रतिक्रिया दिनुहोस्: