Loktantra Khabar National Weekly
Ad

कपिलवस्तु महाराजगञ्जका वडाध्यक्षविरुद्ध १५ हजारको भ्रष्टाचार मुद्दा

लोकतन्त्र खबर
१७ बैशाख २०८१

काठमाडौं  वैशाख १७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनलाई अख्तियारले गत चैत १८ गते १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको थियो ।

सेवाग्राहीको घरबाटो सिफारिस दिने नाममा घुस मागेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले वडाध्यक्ष अलीलाई रकमसहित पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका. अलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद सजाय तथा बिगो जरिवाना माग गरिएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: