Loktantra Khabar National Weekly
Ad

महिला तथा पुरुष राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

लोकतन्त्र खबर
१७ बैशाख २०८१

१८औं राष्ट्रिय पुरुष तौल समूह तथा १७ औं राष्ट्रिय महिला खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा भएको छ।

आयोजक नेपाल क्योकुशिन कराते–डो संघ वज्र (आईकेओबी) ले सोमबार पत्रकार सम्मेलन गर्दै वार्षिक कार्यक्रम अनुरुप हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।

वैशाख २४ र २५ गते हुने प्रतियोगितामा सातै प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरीबाट गरी पुरुषतर्फ ७५ जना र महिलातर्फ ३५ जना गरी जम्मा ११० जना खेलाडीहरुले स्पर्धा गर्नेछन्।

प्रतियोगितामा पूरुषतर्फ ७० केजी तौलमाथि, ७० केजी तौलमुनि, ६० र ५० केजी तौलमुनिमा गरी चार तौल समूहमा स्पर्धा हुनेछ।

महिलातर्फ खुला तौल समुहमा स्पर्धा हुनेछ। प्रतियोगितामा पहिलो हुनेले १० हजार तथा दोस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुनेले २५ सय तथा चौथो हुनेले १ हजार रुपैयाँ प्राप्त गर्ने संघका उपाध्यक्ष पुष्प मानन्धरले जानकारी दिए। नेपालखबर

 

प्रतिक्रिया दिनुहोस्: