Loktantra Khabar National Weekly
Ad

पुर्व प्रदेश सभासदस्य अशोक यादव पक्राउ

लोकतन्त्र खबर
२५ भाद्र २०८२

मधेश प्रदेशका पुर्व प्रदेशसभा सदस्य अशोक यादव पक्राउ परेको छ ।

 

बुधवार बिहान ११ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उनलाई मलंगवाको शिवसागर चोक गम्हरिया जानेबाटोबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका नायब प्रहरी उपरिक्षक सरोज राईले दिएको जानकारी अनुसार आपराधिक उपद्रो, सार्वजनिक सेवा अवरुद्ध लगायतका मुद्धामा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

 

सोही मुद्धामा पुर्व प्रदेशसभा सदस्य अशोक यादव पक्राउ परेको नायब प्रहरी उपरिक्षक राईले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: