Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा एक वर्षमा ५१६ जना हराएका व्यक्ति फेला, घरेलु तथा लैंगिक हिंसाका उजुरी बढ्दो

लोकतन्त्र खबर
२३ श्रावण २०८२

मनोज यादव-
सर्लाही, साउन २३ । सर्लाही जिल्लामा जिल्ला प्रहरी कार्यालय अन्तर्गत संचालित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले आर्थिक वर्ष २०८१र०८२ मा हराएका ४२७ जना व्यक्तिहरूलाई फेला पारेको छ  ।

 

सेवा केन्द्रका अनुसार सो अवधिमा जम्मा ४६३ जना मध्ये १९९ जना महिला, २७ जना बालक,२२४ जना बालिका र १३ जना जेष्ठ नागरिकहरु हराएका थिए। तीमध्ये १८० जना महिला,२५ जना बालक,२०९ जना बालिका र १३ जना जेष्ठ नागरिकहरु फेला परेका छन् ।अझै ३६ जना व्यक्ति फेला पर्न बाँकी रहेको केन्द्रले जनाएको छ।

 

यसैगरी चालू आर्थिक वर्ष २०८२र०८३ को सुरुवातमा ९हालसम्म०६ जना महिला,२ जना बालक र १६ जना बालिका गरि जम्मा २४ जना ब्यक्ति हराएको विवरण आएको छ। तीमध्ये १ जना बालक मात्र फेला परेका छन् भने २३ जना अझै हराइरहेका छन्।

 

सेवा केन्द्रको तथ्यांकअनुसार जिल्लामा गत वर्ष घरेलु हिंसा र लैंगिक हिसांसम्बन्धी उजुरी दिनेहरु पनि बढेका थिए। घरेलु हिंसाका ६०६ वटा र लैंगिक हिंसाका ५७५ गरि जम्मा १ हजार १ सय ८१ उजुरीहरु मध्ये १ हजार १९ वटाको फर्छ्यौट भइसकेका छन्।

 

ती मध्ये ७० वटा सम्पर्कमा आएका छैनन् । २०८१र०८२ मा आएका कुल ११८१ उजुरीमध्ये १३ उजुरी मात्र अदालतसम्म पुगेका छन् भने ७९ उजुरीको समाधान बाँकी रहेको छ।
२०८२र०८३ को सुरुवातको केही साता अवधिमा मात्र ८८ वटा उजुरी दर्ता भइसकेका छन्।

 

तीमध्ये १२ वटा घरेलु हिंसा र ७६ वटा लैंगिक हिंसासम्बन्धी छन्। तर हालसम्म कुनै उजुरी अदालतमा पुगेको छैन।

 

हराएका व्यक्तिहरू फेला पार्ने काम सन्तोषजनक देखिए पनि घरेलु हिंसा र लैंगिक हिंसाका उजुरीको समाधानमा ढिलाइ हुनु चिंता विषय बनेको नागरिक अगुवाहरुको भनाई छ।

प्रतिक्रिया दिनुहोस्: