Loktantra Khabar National Weekly
Ad

ट्युनिसियाको पूर्वी तटमा १३ आप्रवासीका शव फेला

लोकतन्त्र खबर
१० आश्विन २०८१

ट्युनिसियाको पूर्वी तटमा १३ उप-सहारा अफ्रिकी आप्रवासीका शव फेला परेको छ।

मंगलबार र बुधबार देशको तटीय शहर सलक्ता र चेब्बाबाट शव फेला परेको मोनास्टिर र महदिया प्रान्तका सार्वजनिक अभियोजनका प्रवक्ता फरीद बेन झाले बताए। उनले अनुसन्धान शुरु गरिएको तर थप विवरण प्राप्त नभएको बताए।

ट्युनिसिया र छिमेकी देश लिबिया युरोपमा राम्रो जीवन प्राप्त गर्ने आशामा अन्य देशबाट आएका आप्रवासीहरूको खतरनाक यात्राको प्रमुख प्रस्थान बिन्दु बनेका छन्।

ट्युनिसियाको तटबाट जनवरी १ देखि कम्तीमा १०३ अस्थायी डुङ्गा पल्टिएका छन् र ३४१ शव बरामद गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ।

ट्युनिसियाली एफटिडिइएस’ अधिकार समूहका अनुसार गत वर्ष उत्तर अफ्रिकी देशमा जहाज दुर्घटना हुँदा १३ सयभन्दा बढी मानिसको मृत्यु वा बेपत्ता भएका थिए।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले गत दशकमा भूमध्यसागरमा ३० हजार तीन सय ९०० बढी आप्रवासीको मृत्यु भएको छ, जसमा गत वर्ष तीन हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ ।   यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: