Loktantra Khabar National Weekly
Ad

प्रधानमन्त्री ओलीको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पुष्कर खतिवडा पक्राउ

लोकतन्त्र खबर
१४ श्रावण २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले खतिवडालाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनलाई प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार पक्राउ गरेको हो।

उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राखेका थिए। उनले प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारीसमेत गरेको आरोप छ।

एसपी अधिकारीले भने उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको बताए।

केही दिनअघि खतिवडाले फेसबुकमा भिडिओ राख्दै अनुष्ठान गर्ने बताएका थिए।

‘देशमा खाल्डोमा हाल्ने नेताहरू छन्, उनीहरूको फोटोसहित राखेर यमराजको पूजा गर्ने निर्णय गरेको छु,’ उनले भनेका थिए। यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: