Loktantra Khabar National Weekly
Ad

ठूलो मात्रामा कोकिनसहित ठमेलबाट विदेशी नागरिक पक्राउ

लोकतन्त्र खबर
३१ असार २०८१

काठमाठौं असार ३०, ठमेल क्षेत्रबाट ठूलो मात्रामा अवैध लागु औषध कोकिनसहित एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

करिब ६ किलो कोकिनसहित मेसियन नागरिकलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाको विवरण प्रहरीले गोप्य राखेको छ । उनलाई पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

उक्त लागु औषध कोकिन नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान लागेको प्रहरीको दाबी छ ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: