Loktantra Khabar National Weekly
Ad

आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका बालकको मृत्यु

लोकतन्त्र खबर
२७ जेष्ठ २०८१

धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्था फेला परेका बालकको मृत्यु भएको छ।

शनिबार दिउँसो धनगढी उपमहानगरपालिका –३ का १३ वर्षीय विष्णु फुलारा कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए।

उनका बुवाआमाले अस्पताल पुर्‍याएको १५ मिनेटमा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराले जानकारी दिए।

घटनाबारे प्रहरी थप अनुसन्धान गरिरहेको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: