Loktantra Khabar National Weekly
Ad

६९ लाख नगदसहित चार जना चिनियाँ नागरिक भक्तपुरबाट पक्राउ

लोकतन्त्र खबर
२४ जेष्ठ २०८१

६९ लाख नगदसहित चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार दिउँसो साढे १२ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर १० भातेढिकुरस्थित पेट्रोल पम्प नजिकैबाट चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए।

साँगाबाट जगाती आउँदै गरेको बा. २ ज. ५१६ नम्बरको ट्याक्सी जाँच गर्नेक्रममा चार जनाबाट स्रोत नखुलेको रकम बरामद भएको हो।

उनीहरूबाट ६९ लाख ५ हजार रकम बरामद भएको हो।

पक्राउ पर्नेमा काठमाडौंमा बसोबास गर्दै आइका झाङ युआन, निङ जाओलिन, गुण हाउरान र देङ लाइयू छन्।

उनीहरूमाथि थप अनुसन्धानका लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइने प्रहरीले जनाएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: