Loktantra Khabar National Weekly
Ad

भरतपुरको भृकुटी बोर्डिङमा पढ्न गएका बालकको मृत्यु

लोकतन्त्र खबर
३१ बैशाख २०८१

चितवन  वैशाख ३१, चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको भृकुटी बोर्डिङ स्कुलमा प्ले ग्रुपमा पढ्ने तीन वर्षीय बालकको मृत्यु भएको छ ।

विद्यालयमा पढ्न गएका भरतपुर–११ का दिलिप गुप्ताका छोरा युवराज गुप्ताको आइतबार मृत्यु भएको हो ।

विद्यालयमा खेलिरहेका बालक अचानक बेहोस भएको र बेहोस भएपछि पानी खुवाएको विद्यालयले जनाएको छ । बेहोस भएका बालकलाई विद्यालयले उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याएको थियो ।

आकस्मिक कक्षमा उपचारको क्रममा आइतबार दिउँसो साढे १२ बजे बालकको मृत्यु भएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: